श्रद्धेय अभिभावकज्यू,
सादर नमस्कार !
शैक्षिक सत्र २०८३ को कक्षा ११ (विज्ञान तथा व्यवस्थापन) मा नयाँ विद्यार्थी भर्नाको लागि तल दिइएको सूचना अध्ययन गरी Accept and Continue मा Click गरी आवेदन फारम भर्न सकिनेछ ।
फारम भर्दा सबै विवरणहरू उपयुक्त तवरले भरेर submit गरेपछि विद्यार्थीका लागि identity number “Application ID” प्राप्त हुनेछ र यो Application ID प्रवेश पत्र download गर्न आवश्यक पर्ने हुँदा सुरक्षित राख्नु पर्नेछ।
Pay गर्नका लागि Pay Now option click गरी QR Payment वा Bank Deposit गर्न सकिने छ ।
Bank Deposit option प्रयोग गर्दा
Bank Deposit गर्नका लागि विद्यालयको दिइएको खातामा रू ४००/- जम्मा गरेको भौचरको फोटो अपलोड गर्नुपर्नेछ । अथवा Mobile Banking/e-Sewa मार्फत QR Scan गरी मोबाइलबाट गरिएको भुक्तानीको Screenshot पनि राख्न सकिनेछ ।
नोटः- QR scan बाट भुक्तानी गर्दा remarks मा विद्यार्थीको नाम र भर्ना हुन चाहेको सङ्काय अनिवार्य रूपमा भर्नु पर्नेछ ।
विद्यालयबाट कागजातहरु रुजु गरी Application Form स्वीकृत भएपश्चात E-mail मार्फत प्रवेश पत्र पठाइने भएकाले आधिकारिक e-mail र मोबाईल नम्बर मात्र राख्नु हुन अनुरोध गरिन्छ । प्रवेश पत्र प्राप्त गर्नका लागि दिइएको Link मा गई identity number “Application ID” र विद्यार्थीको जन्म मिति राखेर पनि प्रवेश पत्र generate गर्न सकिनेछ ।
SYLLABUS का लागि download बटनमा Click गरी आफूले भर्ना हुन चाहेको कक्षाको Syllabus प्राप्त गर्न सक्नुहुनेछ ।
फारम भर्नको लागि आवश्यक कागजपत्रहरू
१) विद्यार्थीको पासपोर्ट साइजको फोटोको Digital Copy १ प्रति,
२) अभिभावकको फोटोको Digital Copy १ प्रति (प्रहरी कर्मचारीको हकमा दर्जा खुलेको युनिफर्म सहितको फोटो),
३) जन्मदर्ताको प्रमाणपत्र Digital Copy १ प्रति,
४) SEE को Grade sheet को Softcopy,
५) बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिश पत्र,
६) अवकास प्राप्त र अमर प्रहरी कर्मचारीका सन्ततिको हकमा पेन्सन पट्टा,
७) बनेपा न.पा. वडा नं. १३, १४, र भङ्गाल क्षेत्रको स्थानीय छात्रवृत्तिमा आवेदनका लागि Online Entry गरेपछि जन्मदर्ता र सम्बन्धित वडाको सिफारिश पत्र फारम भर्ने अन्तिम मिति सम्ममा विद्यालय प्रशासनमा बुझाइसक्नु पर्नेछ ।
८) रित नपुगी Online दर्ता भएका आवेदन फाराम मान्य हुने छैनन् ।
प्रवेश परीक्षाः
२०८३ जेठ १२ गते मंगलवार दिनको १२:३० बजेदेखि
प्रवेश परीक्षा हुने स्थान:
नेपाल पुलिस स्कुल, साँगा, काभ्रे
परीक्षाको परीक्षाफल प्रकाशन (Result):
२०८३ जेठ १३ गते १६:०० बजे भित्र विद्यालयको Website: -www.nps.edu.np र Facebook page: - Nepal Police School, Sanga मा प्रकाशित गरिनेछ
अभिभावक सहितको विद्यार्थी अन्तर्वार्ता, स्वास्थ्य परीक्षण र भर्ना:
२०८३ जेठ १४ र १५ गते बिहान १०:०० देखि १६:०० बजेसम्म ।
आवेदनका लागि आवश्यक न्युन्तम GPA:
विज्ञान संकायको लागि GPA: 2.0 र नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयमा कम्तिमा C ग्रेड
व्यवस्थापन संकायको लागि कम्तिमा GPA: 1.6