Nepal Police School

Sanga, Kavrepalanchok
011-664670 | npssanga_admin@nepalpolice.gov.np

श्रद्धेय अभिभावकज्यू,
सादर नमस्कार !
शैक्षिक सत्र २०८२/८३ को कक्षा ११ (विज्ञान तथा व्यवस्थापन) मा नयाँ विद्यार्थी भर्नाको लागि तल दिइएको सूचना अध्ययन गरी Accept and Continue मा Click गरी आवेदन फारम भर्न सक्नु हुनेछ ।
फारम भर्दा सबै विवरण उपयुक्त तवरले भरेर submit गरेपछि विद्यार्थीका लागि identity number “Application ID” प्राप्‍त हुनेछ यो Application ID प्रवेश पत्र download गर्न आवश्यक पर्ने हुँदा सुरक्षित राख्नु पर्नेछ।
Pay गर्नका लागि Pay Now option click गरी QR Payment वा Bank Deposit गर्न सकिने छ ।
Bank Deposit option प्रयोग गर्दा
Bank Deposit गर्नका लागि विद्यालयको दिइएको खातामा रू ३५०/- जम्मा गरेको भौचरको फोटो अपलोड गर्नुपर्नेछ । अथवा Mobile Banking/e-Sewa मार्फत QR Scan गरी मोबाइलबाट गरिएको भुक्तानीको Screenshot पनि राख्न सकिनेछ ।
नोटः- QR scan बाट भुक्तानी गर्दा remarks मा विद्यार्थीको नाम र भर्ना हुन चाहेको कक्षा र संकाय अनिवार्य रूपमा भर्नु पर्नेछ ।
विद्यालयबाट कागजातहरु रुजु गरी Application Form स्वीकृत भएपश्‍चात e-mail मार्फत प्रवेश पत्र पठाइने भएकाले आधिकारिक e-mail र मोबाईल नम्बर राख्नु हुन अनुरोध गरिन्छ । त्यस्तै दिइएको Link मा गई identity number “Application ID” र विद्यार्थीको जन्म मिति राखेर पनि प्रवेश पत्र प्राप्‍त गर्न सकिनेछ ।
SYLLABUS का लागि download बटनमा Click गरी आफूले भर्ना हुन चाहेको कक्षाको Syllabus प्राप्‍त गर्न सक्नुहुनेछ ।
फारम भर्नको लागि आवश्यक कागजपत्रहरू
१) SEE को Gradesheet को Softcopy,
२) अभिभावकको Online फोटो १ प्रति (प्रहरी कर्मचारीको हकमा युनिफर्म सहितको फोटो),
३) जन्मदर्ताको प्रमाणपत्र,
४) विद्यार्थीको पासपोर्ट साइजको Online फोटो १ प्रति,
५) बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिश पत्र,
६) अवकास प्राप्त र अमर प्रहरी कर्मचारीको सन्ततिको हकमा पेन्सन पट्टा,
७) बनेपा न.पा. वडा नं. १३, १४, र भङ्गाल क्षेत्रको स्थानीय छात्रवृत्तिमा आवेदनका लागि Online Entry गरेपछि जन्मदर्ता र सम्बन्धित वडाको सिफारिश पत्र फारम भर्ने अन्तिम मिति सम्म विद्यालय प्रशासनमा बुझाइसक्नु पर्ने छ,
८) रित नपुगी Online दर्ता भएका आवेदन फाराम मान्य हुने छैन ।
प्रवेश परीक्षाः २०८२ असार २३ गते सोमबार बिहान १२:३० बजे
प्रवेश परीक्षा हुने स्थान: नेपाल पुलिस स्कुल, साँगा, काभ्रे
परीक्षाको परीक्षाफल प्रकाशन (Result):२०८२ असार २४ गते १६:०० बजे भित्र Website: -www.nps.edu.np र Facebook page: - Nepal Police School, Sanga मा प्रकाशित गरिनेछ
अभिभावक सहितको विद्यार्थी अन्तर्वार्ता /स्वास्थ्य परीक्षण र भर्ना:२०८२ असार २५ गते देखि असार २७ गते. बिहान १०:०० देखि १६:०० बजेसम्म ।।
न्युनतम GPA:
विज्ञान सङ्कायको लागि GPA : 2.5 र नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयमा कम्तिमा C+
व्यवस्थापन सङ्कायको लागि कम्तिमा GPA: 2
Syllabus:
Grade 11 Commerce: Download
Grade 11 Science: Download